Logo

बुधवार, कार्तिक १२ गते २०८३

बालाजुमा ट्रायल सेन्टर खोल्ने टेण्डर प्रक्रियामाथि अख्तियारको छानबिन

बालाजुमा ट्रायल सेन्टर खोल्ने टेण्डर प्रक्रियामाथि अख्तियारको छानबिन

जोईन खबर

२४, पौष २०८२
  • 592
    SHARES
  • बालाजुमा ट्रायल सेन्टर खोल्ने टेण्डर प्रक्रियामाथि अख्तियारको छानबिन

    २४ पुस काठमाडौं। काठमाडौंको बालाजु क्षेत्रमा नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायल सेन्टर खोल्न गरिएको टेण्डर प्रक्रियामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। सो सम्बन्धमा आवश्यक कागजात र प्रमाण अख्तियारले सम्बन्धित कार्यालयबाट नियन्त्रणमा लिएको छ।

    images

    काठमाडौं उपत्यकामा हाल सञ्चालनमा रहेका चारवटा ट्रायल सेन्टर नै पूर्ण क्षमतामा नचलेको अवस्थामा सेटिङका आधारमा नयाँ ट्रायल सेन्टर थप्न लागिएको भन्ने उजुरी परेपछि अख्तियारले चासो देखाएको स्रोतले जनाएको छ।

    images
    images
    images

    उक्त ट्रायल सेन्टर बागमती प्रदेश सरकार मातहत सञ्चालन गर्ने तयारी गरिएको थियो। तर, विद्यमान ट्रायल सेन्टरहरूको क्षमता उपयोग, आवश्यकता र औचित्यको स्पष्ट अध्ययनबिनै नयाँ केन्द्र खोल्न टेण्डर प्रक्रिया अघि बढाइएको आरोप उजुरीमा उल्लेख गरिएको छ।

    अख्तियारले टेण्डर आह्वान, मूल्यांकन प्रक्रिया, निर्णय फाइल तथा सरोकारवाला निकायबीच भएको पत्राचारसमेत अध्ययनका लागि संकलन गरेको जनाएको छ। छानबिनबाट प्रक्रियागत त्रुटि, मिलेमतो वा भ्रष्टाचारजन्य गतिविधि भेटिएमा सम्बन्धित पदाधिकारीमाथि कानुनी कारबाही हुने अख्तियारको भनाइ छ।

    यस विषयमा बागमती प्रदेश सरकार तथा सम्बन्धित कार्यालयले भने आधिकारिक प्रतिक्रिया दिएको छैन।अख्तियारको प्रारम्भिक छानबिनपछि बालाजुमा ट्रायल सेन्टर खोल्ने प्रक्रिया तत्कालका लागि प्रभावित हुने देखिएको छ।

    प्रकाशित मिति :पौष २४, २०८२ बिहिवार - १३:३९:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको