२४ पुस काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका स्थानीय तहबाटै स्थायी लेखा नम्बर (प्यान कार्ड) जारी गर्ने देशकै पहिलो पालिका बनेको छ। गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्य आफूहरुले पहिलो पटक स्थायी लेखा नंबर दिन सुरु गरेको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताउनु भयो । करदाता सेवामा सहजता ल्याउने उद्देश्यसहित गाउँपालिकाले आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरी प्यान कार्ड वितरण सेवा सुरु गरेको हो।
यसअघि प्यान कार्ड लिन सदरमुकाम वा काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता रहेकामा अब चुमनुब्रीका स्थानीय बासिन्दाले आफ्नै पालिकाबाट सेवा पाउन थालेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत लामिछानेले बताउनु भयो। दुर्गम भौगोलिक अवस्थाका कारण सेवा लिन कठिनाइ भोगिरहेका नागरिकका लागि यो सुविधा महत्वपूर्ण उपलब्धि भएको पालिकाले जनाएको छ।गाउँपालिकाका अध्यक्षले कर प्रणालीलाई सरल, पहुँचयोग्य र पारदर्शी बनाउने लक्ष्यका साथ सेवा सुरु गरिएको बताउँदै आगामी दिनमा अन्य राजस्वसम्बन्धी सेवासमेत स्थानीय तहबाटै उपलब्ध गराइने जानकारी दिए।
स्थानीयवासीले प्यान कार्ड वितरण सेवाले समय, खर्च र झन्झट कम भएको प्रतिक्रिया दिएका छन्। चुमनुब्री गाउँपालिकाको यो पहलले संघीय शासन प्रणालीमा स्थानीय तहको सेवा प्रवाह क्षमता र नवप्रवर्तनलाई थप बलियो बनाएको विश्लेषकहरूको भनाइ छ। रदाता सेवा कार्यालय खारेज गर्ने सरकारको निर्णय बुधबारबाट लागु भएको कोष तथा लेखा नियन्त्रक कार्यालय ९कोनेनिका०, गोरखाका प्रमुख इन्द्रप्रसाद पौडेलले बताए । कर कार्यालय खारेज भएसँगै कोलेनिकाले बुधबारबाटै कर सम्बन्धी सेवा प्रवाह सुरु गरेको उनले जानकारी दिए ।
‘कोलेनिकाले बुधबार पहिलो दिन कर सम्बन्धी सेवा प्रवाह सुरु गरेको भएता पनि सेवाग्राहीहरुको संख्या धेरै नै देखियो’, उनले भने, ‘हाम्रा कर्मचारीहरुलाई कर कार्यालयको काम कारबाही बुझ्न समय लाग्ने भएकाले त्यहाँका कर्मचारी केही समय यहीँ बसेर काम गर्नुहुन्छ । बिस्तारै हामी आफैले आवश्यक कर्मचारी व्यवस्थापन गरेर करसेवा प्रवाह गर्ने छौँ ।’ कार्यालयले पहिलो दिन स्थायी लेखा नंबर ९प्यान० वितरण र कर चुक्ताको काम गरेको पौडेलको भनाइ छ ।