Logo

बुधवार, कार्तिक १२ गते २०८३

अर्थतन्त्र नसुध्रिएसम्म विदेश भ्रमणको अर्थ छैन : शिक्षामन्त्री महावीर पुन

अर्थतन्त्र नसुध्रिएसम्म विदेश भ्रमणको अर्थ छैन : शिक्षामन्त्री महावीर पुन

जोईन खबर

२५, पौष २०८२
  • 433
    SHARES
  • अर्थतन्त्र नसुध्रिएसम्म विदेश भ्रमणको अर्थ छैन :  शिक्षामन्त्री महावीर पुन


    २५ पुस काठमाडौं । देशको अर्थतन्त्र सुधार नहुँदासम्म विदेश भ्रमण गरेर कुनै उपलब्धि नहुने भन्दै शिक्षामन्त्री महावीर पुनले पुनः विदेश भ्रमणमा नजाने स्पष्ट सन्देश दिएका छन्।

    images

    यसअघि तीन वटा अन्तर्राष्ट्रिय कार्यक्रमको निमन्त्रणालाई अस्वीकार गरिसकेका मन्त्री पुनले हालै आएका थप दुई अन्तर्राष्ट्रिय कार्यक्रममा पनि सहभागिता नजनाउने बताएका छन्। देशको आर्थिक अवस्था कमजोर रहेको बेला अनावश्यक विदेश भ्रमणले विकास नहुने उनको तर्क छ।

    images
    images
    images

    “पैसा बिना विकास सम्भव छैन, विदेश घुमेर अर्थतन्त्र बन्छ रु” भन्ने मन्त्री पुनको प्रश्नले अहिले सार्वजनिक वृत्तमा व्यापक चर्चा पाएको छ। उनको भनाइले सामाजिक सञ्जालदेखि राजनीतिक बहससम्म ध्यान तानेको छ।

    यहाँसम्म कि महावीर पुनको आलोचना गर्दै आएका व्यक्तिहरूले समेत उनको यो निर्णयको प्रशंसा गर्न थालेका छन्। कतिपयले मन्त्री पुनको भनाइलाई जिम्मेवार नेतृत्वको उदाहरण भन्दै भ्रष्टाचारमा संलग्नहरूले पनि यसबाट पाठ सिक्नुपर्ने टिप्पणी गरेका छन्।

    सरकारी खर्च कटौती, आत्मनिर्भर अर्थतन्त्र र व्यवहारिक विकासको पक्षमा देखिएको मन्त्री पुनको अडानले सरकारभित्र र बाहिर नयाँ बहस सिर्जना गरेको छ।

    प्रकाशित मिति :पौष २५, २०८२ शुक्रवार - १६:१७:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको