Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेपाली कम्युनिष्ट पार्टीले अब १०० सिट जितेर देशै चम्किलो बनाउँ छौं : युवा नेता दुर्गा श्रेष्ठ

नेपाली कम्युनिष्ट पार्टीले अब १०० सिट जितेर देशै चम्किलो बनाउँ छौं : युवा नेता दुर्गा श्रेष्ठ

जोईन खबर

२५, पौष २०८२
  • 541
    SHARES
  • नेपाली कम्युनिष्ट पार्टीले अब  १०० सिट जितेर  देशै चम्किलो बनाउँ छौं : युवा नेता दुर्गा श्रेष्ठ

    २५ पुस काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका युवा नेता दुर्गा श्रेष्ठले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले १०० सिट जिते देशलाई पूर्ण रूपमा चम्किलो बनाउने दाबी गरेका छन्। राजधानीमा एक संवादमा बोल्दै युवा नेता श्रेष्ठले कष्ट आन्दोलन अझै सकिएको नभई नयाँ ऊर्जा र नेतृत्वसहित पुनः उठिरहेको बताए।

    images

    उनले राजनीतिक अस्थिरता, बेरोजगारी, भ्रष्टाचार र आर्थिक मन्दीबाट देशलाई जोगाउन बलियो कम्युनिष्ट सरकार आवश्यक रहेको उल्लेख गरे। “१०० सिट हाम्रो लागि केवल अंक होइन, यो परिवर्तनको आधार हो,” श्रेष्ठले भने, “हामी जनताको पक्षमा उभिने सरकार बनाउँछौं र देशको दिशा बदल्छौं।”

    images
    images
    images

    श्रेष्ठका अनुसार नेपाली कम्युनिष्ट पार्टीले युवालाई केन्द्रमा राखेर रोजगारी, उत्पादन, शिक्षा र स्वास्थ्यमा ठोस सुधार गर्ने योजना अघि सारेको छ। उनले पुराना नेताहरूको स्वार्थी राजनीतिले देश पछाडि परेको भन्दै अब युवाहरू नेतृत्वमा आउनुपर्ने बताए।

    कार्यक्रममा उनले पार्टी संगठन विस्तार तीव्र रूपमा भइरहेको र गाउँ–गाउँमा जनसमर्थन बढ्दै गएको दाबी पनि गरे। “जनताले विकल्प खोजिरहेका छन्, र त्यो विकल्प नेपाली कम्युनिष्ट पार्टी हो,” श्रेष्ठले जोड दिए।

    उनले आगामी निर्वाचनमा जनताको विश्वास जितेर संसदमा बलियो उपस्थिति बनाउने र समाजवादको बाटोमा देशलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

    प्रकाशित मिति :पौष २५, २०८२ शुक्रवार - २१:५९:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको