Logo

बुधवार, कार्तिक १२ गते २०८३

१३औँ राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न,पालुङटार पहिलो

१३औँ राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न,पालुङटार पहिलो

जोईन खबर

२६, पौष २०८२
  • 442
    SHARES
  • १३औँ राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न,पालुङटार पहिलो


    २६ पुस काठमाडौँ । गोरखा जिल्लामा  १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२  सम्पन्न  भएको छ । यस जिल्ला स्तरीय प्रतिस्पर्धामा पालुङटार नगरपालिका प्रथम भएको छ। पालुङटारले ८ स्वर्ण, ५ रजत र ३ कास्य पदक जित्दै कुल १६ पदकसहित शीर्ष स्थान हासिल गरेको हो।

    images

    दोस्रो स्थानमा सिरानचोक गाउँपालिका रहँदा उसले ५ स्वर्ण, १० रजत र ६ कास्य गरी कुल २१ पदक जितेको छ। यस्तै, ५ स्वर्ण, २ रजत र ६ कास्यसहित बारपाक सुलिकोट गाउँपालिका तृतीय भएको छ।

    images
    images
    images

    प्रतियोगितामा भीमसेन थापा गाउँपालिका चौथो, अजिरकोट गाउँपालिका पाँचौँ र शहीद लखन गाउँपालिका छैटौँ स्थानमा सीमित भए। गोरखा नगरपालिका सातौँ स्थानमा रहँदा धार्चे, गण्डकी र आरुघाट गाउँपालिकाले क्रमशः आठौँ, नवौँ र दसौँ स्थान हासिल गरेका छन्। चुमनुब्री गाउँपालिका भने यसपटक पदकविहीन रह्यो।

    जिल्ला स्तरीय प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडी र टिम अब प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीमा जुट्ने भएका छन्। आयोजकका अनुसार जिल्लाबाट छनोट भएका खेलाडीलाई थप प्रशिक्षण र व्यवस्थापनसहित प्रदेशस्तरीय प्रतिस्पर्धामा प्रतिस्पर्धी बनाइनेछ।

    स्थानीय तहका जनप्रतिनिधि र खेलकुदकर्मीहरूले राष्ट्रपति रनिङ शिल्डले विद्यालय तहबाटै खेलकुद प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै आगामी प्रदेश प्रतियोगितामा गोरखाको प्रदर्शन अझ सशक्त हुने विश्वास व्यक्त गरेका छन्।

    प्रकाशित मिति :पौष २६, २०८२ शनिवार - २०:१४:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको