Logo

बुधवार, कार्तिक १२ गते २०८३

रास्वपा–उज्यालो नेपाल पार्टी एकता १२ दिनमै भंगः घनिभूत वार्ता भए पनि सहमति जुट्न सकेन

रास्वपा–उज्यालो नेपाल पार्टी एकता १२ दिनमै भंगः घनिभूत वार्ता भए पनि सहमति जुट्न सकेन

जोईन खबर

२६, पौष २०८२
  • 586
    SHARES
  • रास्वपा–उज्यालो नेपाल पार्टी एकता १२ दिनमै भंगः घनिभूत वार्ता भए पनि सहमति जुट्न सकेन

    २६ पुस काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको एकता सहमति १२ दिनमै भंग हुनु अघि पर्दा पछाडि घनिभूत राजनीतिक वार्ता भएको खुलासा भएको छ। तर लामो छलफल र प्रयासका बाबजुद दुवै पक्षबीच सहमति जुट्न नसकेपछि एकता प्रक्रिया टुटेको स्रोतको दाबी छ।

    images

    स्रोतका अनुसार रास्वपा सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीका प्रमुख कुलमान घिसिङसँग एक्लै लामो समय छलफल गरेका थिए। उक्त छलफलमा नेतृत्व संरचना, भावी राजनीतिक दिशा र निर्णय प्रणालीबारे गम्भीर बहस भए पनि निष्कर्षमा पुग्न सकिएन।

    images
    images
    images

    त्यसपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसमेत सहभागी गराएर त्रिपक्षीय वार्ता गरिएको थियो। तर उक्त वार्ताबाट पनि सहमतिको बाटो नखुलेको बताइएको छ। वार्तामा बालेनले प्रारम्भदेखि नै निराशा व्यक्त गरेको स्रोतले जनाएको छ।

    स्रोतका अनुसार बालेन शाहले यसअघि नै कुलमान घिसिङसँग पटक–पटक सहमतिको प्रयास गरिसकेका थिए। तर ती प्रयास असफल भएपछि उनी वार्ताप्रति थाकिसकेको अवस्थामा थिए। “म त कुलमानसँग थाकिसकेको हुँ,” बालेनले रवि लामिछानेलाई भनेको स्रोतको दाबी छ।

    एकता प्रयासका क्रममा व्यक्तित्व केन्द्रित नेतृत्व, निर्णयमा नियन्त्रण र राजनीतिक कार्यशैलीबारे गहिरो मतभेद देखिएको बताइन्छ। दुवै दल परिवर्तनको एजेन्डा बोकेर अघि बढे पनि नेतृत्वको भूमिकाबारे साझा समझदारी नबन्नु नै एकता भंगको मुख्य कारण बनेको स्रोतको विश्लेषण छ।

    एकता सहमति भंग भएसँगै वैकल्पिक राजनीतिक शक्तिहरूबीचको सहकार्य सम्भावनामाथि प्रश्न उठेको छ। राजनीतिक वृत्तमा भने यो घटनालाई ‘व्यक्तिगत अहंकार र नेतृत्वको टकरावले सुधारको प्रयास असफल भएको’ उदाहरणका रूपमा हेरिएको छ।

    प्रकाशित मिति :पौष २६, २०८२ शनिवार - २१:०९:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको