Logo

बुधवार, कार्तिक १२ गते २०८३

गगन–विश्वप्रकाशसहित नेताहरू कांग्रेसबाट निष्कासित हुने घोषणा

गगन–विश्वप्रकाशसहित नेताहरू कांग्रेसबाट निष्कासित हुने घोषणा

जोईन खबर

३०, पौष २०८२
  • 427
    SHARES
  • गगन–विश्वप्रकाशसहित नेताहरू कांग्रेसबाट निष्कासित हुने घोषणा

    ३० पुुस काठमाडौँ । नेपाली कांग्रेसले पार्टी अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फर्मुलाह मनसुरलाई पार्टीबाट निष्कासन गर्ने घोषणा गरेको छ।

    images

    पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न बैठकपछि सार्वजनिक गरिएको निर्णयअनुसार उनीहरूलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको हो। कांग्रेस नेतृत्वले पार्टी निर्णयविपरीत गतिविधि, गुटगत क्रियाकलाप तथा संगठनात्मक अनुशासन तोडिएको निष्कर्षसहित उक्त कारबाही अघि बढाएको जनाएको छ।

    images
    images
    images

    कांग्रेसले यस कदमलाई पार्टीको एकता, अनुशासन र संगठन सुदृढीकरणका लागि अपरिहार्य निर्णयको रूपमा व्याख्या गरेको छ। नेतृत्वले पार्टीभित्र अनुशासनहीन गतिविधि सह्य नहुने स्पष्ट सन्देश दिन यो निर्णय गरिएको बताएको छ।

    निष्कासनको निर्णयसँगै कांग्रेसभित्र आन्तरिक राजनीतिक बहस थप चर्किने देखिएको छ भने यसले पार्टीको भावी राजनीतिमा कस्तो प्रभाव पार्ने भन्ने चासोसमेत बढेको छ।

    प्रकाशित मिति :पौष ३०, २०८२ बुधवार - १६:१४:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको