Logo

बुधवार, कार्तिक १२ गते २०८३

मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को  नेपाली चलचित्र ‘गोबर गणेश’ आजदेखि देशभर प्रदर्शनमा

मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को  नेपाली चलचित्र ‘गोबर गणेश’ आजदेखि देशभर प्रदर्शनमा

जोईन खबर

१, माघ २०८२
  • 1.1K
    SHARES
  • मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को  नेपाली चलचित्र ‘गोबर गणेश’ आजदेखि देशभर प्रदर्शनमा

    १ माघ काठमाडौँ । गोरखाका बारपाक सुलिकोट गाउँपालिका वडा न–६ ताकुकोटमा स्थापित हास्य व्यङ्ग्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्माणमा बनेको नेपाली चलचित्र ‘गोबर गणेश’ आजदेखि देशभरका नेपाली सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ। नेपाली समाजका यथार्थ कथा, ग्रामीण परिवेश र आम नागरिकका संवेदनालाई पर्दामा उतारिएको यस चलचित्रले सामाजिक सन्देशलाई मनोरञ्जनसँग जोड्ने प्रयास गरेको छ।

    images

    समाजका लुकेका पीडा, संघर्ष र मानवीय सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘गोबर गणेश’ले दर्शकको मन जित्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।सिरियाल चलचित्रमा मरिचमान श्रेष्ठ स्वयंको सशक्त अभिनय देख्न पाइनेछ भने वर्षा शिवाकोटी, पूजन घिमिरे, सीता देवी तिमल्सिना, पदम तामाङलगायत कलाकारहरूको समेत उल्लेखनीय अभिनय रहेको छ। कथा, संवाद र प्रस्तुतीले दर्शकलाई भावनात्मक रूपमा जोड्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    615484777_25627615316848713_7966261897306568241_n.jpg

    निर्माता तथा कलाकार मरिचमान श्रेष्ठले ‘गोबर गणेश’ नेपाली समाजको यथार्थ प्रतिबिम्ब भएको बताउँदै दर्शकले चलचित्रलाई माया गर्नेमा आफू आशावादी रहेको प्रतिक्रिया दिएका छन्।हास्य व्यङ्ग्य कलाकार श्रेष्ठ ‘बल्छी धुर्वे’  ले यो भन्दा अघि विभिन्न सिरियाल निकाल्ने गरथे । सिरियाल संगै नेपाली चलचित्र ‘गोबर गणेश’ निकालेका हुन् । नेपाली चलचित्र ‘गोबर गणेश’  आजदेखि देशभर प्रदर्शनमा आएको यस चलचित्रले नेपाली चलचित्र क्षेत्रलाई फेरि एकपटक नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

     

    प्रकाशित मिति :माघ १, २०८२ बिहिवार - २१:३२:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको