Logo

मंगलवार, श्रावण १२ गते २०८३

नारायणकाजी श्रेष्ठ गोरखाबाट नलड्ने, सर्लाही–३ बाट उम्मेदवार बन्ने

नारायणकाजी श्रेष्ठ गोरखाबाट नलड्ने, सर्लाही–३ बाट उम्मेदवार बन्ने

जोईन खबर

३, माघ २०८२
  • 610
    SHARES
  • नारायणकाजी श्रेष्ठ गोरखाबाट नलड्ने, सर्लाही–३ बाट उम्मेदवार बन्ने

    ३ माघ काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले यसपटक गोरखा जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने भएका छन्। गोरखा–२ बाट उम्मेदवार सिफारिसमा परे पनि श्रेष्ठले सर्लाही–३ निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने निर्णय गरेका हुन्।

    images

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफू सर्लाही–३ बाट उम्मेदवार बन्न लागेको नेता श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार माघ ६ गते उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको छ।

    यसअघि श्रेष्ठको नाम गोरखा–२ बाट उम्मेदवारका रूपमा सिफारिस भए पनि अन्ततः सर्लाहीबाट चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णयले गोरखाको राजनीतिक समीकरणमा परिवर्तन आउने देखिएको छ।

    नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेतामध्ये एक रहेका श्रेष्ठको निर्णयसँगै सर्लाही–३ मा चुनावी माहोल थप रोचक हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ।नेकपा नेता प्रतिनिधिसभा निर्वाचन  फागुन २१ चुनाव र माघ ६ उम्मेदवारी दर्ता गर्न समय छ । 

    प्रकाशित मिति :माघ ३, २०८२ शनिवार - २२:४१:०६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको