Logo

मंगलवार, श्रावण १२ गते २०८३

गृहमन्त्री सुधन गुरुङ सामाजिक सञ्जालमा मौन, प्रधानमन्त्रीसँगको भेटपछि स्ट्याटस लेख्न छाडेको चर्चा

गृहमन्त्री सुधन गुरुङ सामाजिक सञ्जालमा मौन, प्रधानमन्त्रीसँगको भेटपछि स्ट्याटस लेख्न छाडेको चर्चा

जोईन खबर

२९, चैत्र २०८२
  • 490
    SHARES
  • गृहमन्त्री सुधन गुरुङ सामाजिक सञ्जालमा मौन, प्रधानमन्त्रीसँगको भेटपछि स्ट्याटस लेख्न छाडेको चर्चा


    २९ चैत काठमाडौँ । अहिले बन्दै गरेको नयाँ सरकारमा पछिल्लो राजनीतिक गतिविधि सामाजिक सञ्जालमार्फत सक्रिय रूपमा अभिव्यक्त गर्दै आएका गृहमन्त्री सुधन गुरुङ केही दिनयता फेसबुकमा स्ट्याटस लेख्न बन्द गरेको विषय चर्चामा आएको छ।

    images

    यसअघि पक्राउ, छापामारीलगायत विषयमा निरन्तर प्रतिक्रिया दिँदै आएका गुरुङ पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा मौन देखिएको भन्दै विभिन्न कोणबाट चर्चा भइरहेको छ।

    स्रोतका अनुसार प्रधानमन्त्री बालेन शाहले बालुवाटारमा राति करिब ९ बजे बोलाएर ‘म्याचुरिटी’ सम्बन्धी टिप्पणी गर्दै केही विषयमा सचेत गराएको दाबी गरिएको छ। उक्त भेटपछि गृहमन्त्री गुरुङको सामाजिक सञ्जाल गतिविधि रोकिएको भन्दै राजनीतिक वृत्तमा विभिन्न अड्कलहरू गरिएका छन्।

    यसअघि उनले मन्त्रालयका गतिविधि र पक्राउ प्रक्रियासम्बन्धी विषयमा लगातार स्ट्याटस लेख्दै आएका थिए। एकपटक उनले मन्त्रालयकै सोफामा सुतेको तस्बिरसमेत सार्वजनिक गरेका थिए, जसले सामाजिक सञ्जालमा चर्चा पाएको थियो।

    तर पछिल्लो समय अदालतको आदेश, पक्राउ परेकाहरूको रिहाइ तथा जीबी राईसँग सम्बन्धित प्रश्नहरूमा सरकारभित्र असन्तुष्टि बढेको र त्यसैको प्रभाव स्वरूप प्रधानमन्त्री असन्तुष्ट भएको दाबी पनि केही स्रोतहरूले गरेका छन्। यद्यपि यी दाबीहरूको आधिकारिक पुष्टि भने भएको छैन।

    सरकारी पक्ष वा सम्बन्धित निकायबाट यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन। त्यसैले गुरुङको सामाजिक सञ्जाल मौनता व्यक्तिगत निर्णय हो वा राजनीतिक कारणले हो भन्ने विषय अझै स्पष्ट भएको छैन।

    प्रकाशित मिति :चैत्र २९, २०८२ आइतवार - १३:५८:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको