४ माघ काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी बाट हरिराज अधिकारी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुने भएका छन्। पूर्व सांसदसमेत रहेका अधिकारीले पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट औपचारिक रूपमा उम्मेदवारी टिकट प्राप्त गरेका हुन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका तय गरिएको छ। सोही कार्यतालिकाअनुसार अधिकारीले गोरखा–१ बाट उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्।
पार्टीभित्र अनुभवी, संगठनमा सक्रिय र संसदीय अभ्यास भएको नेताका रूपमा परिचित अधिकारीलाई उम्मेदवार बनाउने निर्णयलाई माओवादी केन्द्रले गोरखामा संगठन सुदृढीकरण र निर्वाचनमा बलियो उपस्थिति जनाउने रणनीतिका रूपमा लिएको छ।
उम्मेदवारी टिकट ग्रहण गरेपछि अधिकारीले गोरखाका जनताको विश्वास र समर्थनका आधारमा विकास, सुशासन र सामाजिक न्यायका मुद्दालाई प्राथमिकतामा राखेर चुनावी मैदानमा उत्रिने प्रतिक्रिया दिएका छन्।