Logo

बुधवार, कार्तिक १२ गते २०८३

बालेन र मेरो वार्ता पाँच मिनेटमै सकिएको हो,अरु समय त एक अर्कालाई चिनाको लागि गरिएको : रवि लामिछाने

बालेन र मेरो वार्ता पाँच मिनेटमै सकिएको हो,अरु समय त एक अर्कालाई चिनाको लागि गरिएको : रवि लामिछाने

जोईन खबर

५, माघ २०८२
  • 595
    SHARES
  • बालेन र मेरो वार्ता पाँच मिनेटमै सकिएको हो,अरु समय त एक अर्कालाई चिनाको लागि गरिएको : रवि लामिछाने

    ५ माघ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग भएको भेटघाटबारे स्पष्ट पारेका छन्। उनले बालेन र आफ्नो बीचको औपचारिक वार्ता पाँच मिनेटमै सकिएको र बाँकी समय एक–अर्कालाई चिन्ने तथा सामान्य कुराकानीमै बितेको बताएका छन्।

    images

    मधेश प्रदेशको जनकपुरमा आयोजित चुनावी अभियानको कार्यक्रममा बोल्दै सभापति लामिछानेले विभिन्न राजनीतिक अड्कलबाजीप्रति प्रतिक्रिया दिएका हुन्। उनले बालेनसँगको भेटलाई लिएर अनावश्यक हल्ला फैलाइएको भन्दै त्यस्तो कुनै गोप्य वा लामो राजनीतिक सम्झौता नभएको स्पष्ट गरे।“हाम्रो कुराकानी धेरै छोटो थियो।

    images
    images
    images

    बाँकी समय त सामान्य परिचय र समसामयिक विषयमा छलफल भयो,” उनले भने, “राजनीतिमा भेटघाट हुनु स्वाभाविक हो, तर त्यसलाई गलत अर्थमा बुझ्नु हुँदैन।”लामिछानेले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नै एजेन्डा र संगठनात्मक शक्तिका आधारमा अघि बढ्ने पनि बताए। जनकपुरको कार्यक्रममा उनले सुशासन, रोजगारी र भ्रष्टाचारविरुद्धको अभियानलाई पार्टीको मुख्य प्राथमिकता रहने उल्लेख गरे।

     

    प्रकाशित मिति :माघ ५, २०८२ सोमवार - २१:३८:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको