५ माघ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले आफ्नी आमालाई श्रीमतीकै अगाडि फोन गरेर “देश अब बालेनले बनाउछ” भनेर भनेको खुलासा गरेका छन्।“मैले आमालाई फोन गरेर भनेको थिएँ ।
उनले देश अब बालेनले बनाऊ,” लामिछानेले भने, “यो कुनै औपचारिक राजनीतिक निर्णय होइन, नयाँ पुस्ताप्रतिको आशा र भरोसाको अभिव्यक्ति हो।”उनले बालेन शाह जस्ता स्वतन्त्र र परिणाममुखी नेतृत्वले राजनीति र प्रशासनमा नयाँ ऊर्जा भरेको दाबी गरे। साथै, रास्वपा पनि पुरानो शैलीको राजनीतिभन्दा फरक ढंगले देश निर्माणमा लागिरहेको उनले बताए।
लामिछानेको यो अभिव्यक्तिपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रियाहरू आइरहेका छन्। कतिपयले यसलाई नयाँ पुस्ताबीचको आपसी सम्मानका रूपमा लिएका छन् भने केहीले राजनीतिक सन्देशका रूपमा विश्लेषण गरिरहेका छन्।