Logo

बुधवार, कार्तिक १२ गते २०८३

गाडी नपाएर ढिला पुगेपछि रास्वपाका उम्मेदवार अनिल गुरुङ मनाङबाट उम्मेदवारी दर्ता गर्न असफल

गाडी नपाएर ढिला पुगेपछि रास्वपाका उम्मेदवार अनिल गुरुङ मनाङबाट उम्मेदवारी दर्ता गर्न असफल

जोईन खबर

७, माघ २०८२
  • 622
    SHARES
  • गाडी नपाएर ढिला पुगेपछि रास्वपाका उम्मेदवार अनिल गुरुङ मनाङबाट उम्मेदवारी दर्ता गर्न असफल

    ७ माघ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अनिल गुरुङ गाडीको समस्या र समयमै नपुग्दा मनाङबाट उम्मेदवारी दर्ता गर्न असफल भएका छन्। निर्वाचन आयोगले तोकेको मनोनयन दर्ताको समयसीमा नाघेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी दर्ता अस्वीकार गरेको हो।

    images

    निर्वाचन आयोगका अनुसार उम्मेदवारी मनोनयन दर्ता गर्न बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो। तर अनिल गुरुङ राति करिब ९ बजे मात्र मनाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। समयसीमा सकिइसकेकाले उनको मनोनयन दर्ता लिन नमिल्ने निर्वाचन अधिकृतले जानकारी दिएका छन्।

    images
    images
    images

    अनिल गुरुङका अनुसार पार्टीबाट टिकट ढिला प्राप्त हुनु, सोमबार गाडीको व्यवस्था नहुनु, मंगलबार बिहानका लागि रिजर्भ गरिएको गाडी समयमै नआउनु तथा यात्रा कै क्रममा गाडी बिग्रनु जस्ता कारणले उनी समयमा कार्यालय पुग्न सकेनन्। “धेरै प्रयास गरियो, तर लगातारको प्राविधिक र व्यवस्थापन समस्याले गर्दा तोकिएको समयभित्र पुग्न सम्भव भएन,” उनले बताए।

    समयसीमा नाघेकै कारण निर्वाचन अधिकृतले उम्मेदवारी दर्ता अस्वीकार गरेपछि यसपटक मनाङ जिल्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कुनै पनि उम्मेदवार नहुने भएको छ। यस घटनाले मनाङको निर्वाचन राजनीतिक समीकरणमा असर पार्ने अनुमान गरिएको छ।

    निर्वाचन आयोगले तोकेको समयसीमा कडाइका साथ लागू गरिने स्पष्ट गर्दै आएको छ। यसअघि पनि समयमै नपुगेका उम्मेदवारहरूको मनोनयन दर्ता अस्वीकार हुँदै आएको उदाहरण छन्।

    रास्वपाका समर्थकहरू भने यस घटनाप्रति असन्तुष्टि जनाउँदै व्यवस्थापन कमजोरीका कारण पार्टी उम्मेदवारीबाट वञ्चित हुनुपरेको प्रतिक्रिया दिएका छन्। पार्टी नेतृत्वबाट भने यस विषयमा औपचारिक धारणा आउन बाँकी छ।

    प्रकाशित मिति :माघ ७, २०८२ बुधवार - ११:१९:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको