८ माघ काठमाडौँ । रास्वपापछि कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीले म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका महावीर पुनलाई समर्थन गर्ने घोषणा गरेको छ।
पार्टीका पदाधिकारीहरूले भने, “महावीर पुनको नेतृत्व र विचारले हाम्रो पार्टीको मूल्य र लक्ष्यसँग मेल खान्छ, त्यसैले म्याग्दीका मतदातालाई उनले प्रतिनिधित्व गर्न योग्य उम्मेदवार भएको प्रमाणित भएको छ।”यसअघि उज्यालो नेपाल पार्टीले अन्य जिल्लाहरूमा पनि रणनीतिक समर्थन र सहकार्यको नीति अपनाउँदै आएको छ।
म्याग्दीमा महावीर पुनलाई समर्थन गरेसँगै आगामी निर्वाचनमा उनकी चुनावी यात्रा अझ बलियो हुने अपेक्षा गरिएको छ।पुनका अभियान टोलीले समर्थन घोषणापछि मतदातासँग भेटघाट र चुनाव प्रचारलाई तीव्र बनाउने तयारी थालेको छ।