Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखा–२ मा न्यौपानेको उम्मेदवारी फिर्ता गराउने भट्टराईको प्रयास असफल, प्रचण्डद्वारा प्रस्ताव अस्वीकार

गोरखा–२ मा न्यौपानेको उम्मेदवारी फिर्ता गराउने भट्टराईको प्रयास असफल, प्रचण्डद्वारा प्रस्ताव अस्वीकार

जोईन खबर

९, माघ २०८२
  • 628
    SHARES
  • गोरखा–२ मा न्यौपानेको उम्मेदवारी फिर्ता गराउने भट्टराईको प्रयास असफल, प्रचण्डद्वारा प्रस्ताव अस्वीकार

    ९ माघ काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ मा नेकपाका उम्मेदवार लेखनाथ न्यौपानेको उम्मेदवारी फिर्ता गराउन गरेको प्रयास असफल भएको छ।

    images

    आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न सहज होस् भन्ने उद्देश्यले बाबुराम भट्टराईले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लेखनाथ न्यौपानेको उम्मेदवारी फिर्ता गराउन सन्देश पठाएका थिए। तर अध्यक्ष प्रचण्डले बाबुरामको उक्त प्रस्तावलाई अस्वीकार गरिदिएका छन्।

    images
    images
    images

    स्रोतका अनुसार गोरखा–२ मा वामपन्थी मत विभाजन भए बाबुरामलाई फाइदा हुने आकलनसहित न्यौपानेको उम्मेदवारी फिर्ता गराउने प्रयास गरिएको थियो। तर नेकपाले आफ्नो संगठनात्मक निर्णय र कार्यकर्ताको भावनालाई ध्यानमा राख्दै उम्मेदवारी फिर्ता नलिने स्पष्ट सन्देश दिएको बताइएको छ।

    नेकपाका एक नेताका अनुसार, “गोरखा–२ मा हाम्रो संगठन बलियो छ। पार्टी निर्णयअनुसार उम्मेदवारलाई चुनावी मैदानबाट हटाउने कुनै योजना छैन।”

    उता, बाबुराम भट्टराई निकट स्रोतले भने गठबन्धनको भावना र चुनावी यथार्थलाई ध्यानमा राखेर संवाद गरिएको भए पनि सकारात्मक प्रतिक्रिया नआएको जनाएको छ।

    यस घटनासँगै गोरखा–२ को चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ। एकातर्फ पूर्वप्रधानमन्त्री भट्टराई, अर्कोतर्फ नेकपाका उम्मेदवार न्यौपानेबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ।

    राजनीतिक विश्लेषकहरूका अनुसार उम्मेदवारी फिर्ता गराउने प्रयास असफल भएपछि बाबुराम भट्टराईलाई गोरखा–२ मा चुनाव जित्न थप मेहनत र रणनीति आवश्यक पर्ने देखिन्छ। साथै, वामपन्थी मत विभाजनले निर्वाचन परिणाममा निर्णायक भूमिका खेल्न सक्ने उनीहरूको ठम्याइ छ।

    प्रकाशित मिति :माघ ९, २०८२ शुक्रवार - २३:१३:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको