Logo

बुधवार, कार्तिक १२ गते २०८३

पदमा नभएर पनि सांसदभन्दा बढी विकास र जनसेवामा सक्रिय युवा नेता उपरकोटी

पदमा नभएर पनि सांसदभन्दा बढी विकास र जनसेवामा सक्रिय युवा नेता उपरकोटी

जोईन खबर

११, माघ २०८२
  • 1.8K
    SHARES
  • पदमा नभएर पनि सांसदभन्दा बढी विकास र जनसेवामा सक्रिय  युवा नेता उपरकोटी

    ११ माघ काठमाडौँ । कुनै पनि सांसद, मन्त्री वा गाउँपालिका अध्यक्षको औपचारिक पदमा नरहे पनि समाज रूपान्तरण र जनसेवामा निरन्तर सक्रिय रहेका युवा नेता धिरज उपरकोटी पछिल्लो समय स्थानीयस्तरमा उदाहरणीय व्यक्तित्वका रूपमा स्थापित हुँदै गएका छन्।बारपाक सुलिकोट गाउँपालिका वडा न ६ ताकुकोटमा जन्मिएका समाजसेवी तथा युवा नेता उपरकोटीले ताकुकोटमा रहेको माइथान मन्दिरको पुनर्निर्माणदेखि माईकोट क्षेत्रका विद्यालय–विद्यालयमा बजेट व्यवस्थापन, विद्यार्थीहरूका लागि ल्यापटप उपलब्ध गराउने कार्य, पहिरो नियन्त्रण, वृक्षरोपण, खानेपानी धारा निर्माणजस्ता दीर्घकालीन विकासका काममा सक्रिय सहभागिता देखिएको छन् ।

    images

    यति मात्र होइन, कोभिड–१९ महामारीको कठिन समयमा खाद्यान्न, अक्सिजन र न्यानो कपडा वितरण गर्दै उनी जनताको दुःख–सुखमा साथ दिने अग्रमोर्चामा उभिएका रुपमा हिडेका युवा नेता उपरकोटीले बताए  । युवा नेता धिरज उपरकोटीले पदको लोभ नगरी कर्म र सेवामार्फत नेतृत्व प्रमाणित गरेको स्थानीयवासीहरूको भनाइ छ। “कामले बोलेको छ, पद होइन” भन्ने उनको कार्यशैलीसँग पूर्ण रूपमा मेल खान्छ। जनताको समस्या आफ्नै समस्या ठानेर समाधानमा जुट्ने उनको बानीले उनलाई जनप्रिय बनाएको छ।

    images
    images
    images

    स्थानीय विकास र सामाजिक उत्तरदायित्वमा निरन्तर मेहनत गर्ने उपरकोटीजस्ता युवालाई अब नेतृत्वमा ल्याउने समय आएको धेरैको धारणा छ। पैसाको बलमा चुनाव लड्नेभन्दा पनि काम गर्ने, इमानदार र जनताको पीडामा साथ दिने नेतृत्वलाई समर्थन गर्नुपर्ने आवाज बढ्दै गएको छ।त्यसैले आगामी निर्वाचनमा धिरज उपरकोटी आबद्ध पार्टी र उनले सिफारिस गरेका उम्मेदवारलाई मतदान गरी काम गर्ने हातलाई अझ बलियो बनाउनु आजको आवश्यकता रहेको युवा नेता उपरकोटीले आग्रह गरेका छन् । 

    प्रकाशित मिति :माघ ११, २०८२ आइतवार - ११:४१:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको