Logo

बुधवार, कार्तिक १२ गते २०८३

संयुक्त एम्बुलेन्स चालक संघ काठमाडौँ जिल्ला शाखाको तेस्रो साधारण सभा सम्पन्न,अध्यक्षमा गोरखाका धनराज निर्वाचित

संयुक्त एम्बुलेन्स चालक संघ काठमाडौँ जिल्ला शाखाको तेस्रो साधारण सभा सम्पन्न,अध्यक्षमा गोरखाका धनराज निर्वाचित

जोईन खबर

११, माघ २०८२
  • 988
    SHARES
  • संयुक्त एम्बुलेन्स चालक संघ काठमाडौँ जिल्ला शाखाको तेस्रो साधारण सभा सम्पन्न,अध्यक्षमा गोरखाका धनराज निर्वाचित

    ११ माघ काठमाडौँ । संयुक्त एम्बुलेन्स चालक संघ काठमाडौँ जिल्ला शाखाको तेस्रो साधारण सभा आज काठमाडौँमा सम्पन्न भएको छ। सभाले संघको नयाँ कार्यसमिति चयन गर्दै गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ६ घर भएका धनराजलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।काठमाडौँ जिल्लाभर कार्यरत एम्बुलेन्स चालकहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न सभाले संघको संगठनात्मक अवस्था, चालकहरूको पेशागत हकहित, सेवा सुरक्षाका चुनौती र आपतकालीन स्वास्थ्य सेवाको प्रभावकारिताबारे विस्तृत छलफल गरेको थियो।

    images

    Screenshot 2026-01-25 121501.jpg

    images
    images
    images

    नव निर्वाचित अध्यक्ष धनराज कोरोना महामारीको कठिन समयमा गरेको मानवीय सेवाका कारण परिचित नाम हुन्। कोरोना संक्रमणको उच्च जोखिम र भयावह अवस्थाका बीच उनले काठमाडौँदेखि ताकुकोटसम्म निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै दर्जनौँ बिरामीहरूको सुरक्षित उद्धार गरेका थिए। जोखिम मोलेर गरिएको उक्त सेवाले धेरै बिरामीको जीवन जोगिनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको थियो।

    साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष धनराजले आफूलाई विश्वास गरी जिम्मेवारी दिएकोमा सम्पूर्ण एम्बुलेन्स चालक साथीहरूप्रति आभार व्यक्त गर्दै भने,“एम्बुलेन्स चालकहरू केवल सवारी चालक मात्र होइनन्, जीवन रक्षाका प्रथम पंक्तिका सेवाकर्मी हुन्। कोरोनाजस्तै संकटका बेला हामीले देखाएको सेवा भावनालाई निरन्तरता दिँदै चालकहरूको हक, सुरक्षा, तालिम र सम्मानका लागि संघलाई अझ बलियो बनाउनेछु।

    Screenshot 2026-01-25 122422.jpg

    सभाले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै एम्बुलेन्स सेवामा अनुशासन, मर्यादा र व्यावसायिकता कायम राख्दै सम्बन्धित सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।संयुक्त एम्बुलेन्स चालक संघ काठमाडौँ जिल्ला शाखाले आगामी दिनमा एम्बुलेन्स चालकहरूको समस्या समाधान, नीतिगत सुधार, स्वास्थ्य आपतकालीन सेवाको गुणस्तर वृद्धि तथा समाजप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।

    प्रकाशित मिति :माघ ११, २०८२ आइतवार - १२:०७:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको