Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेपाली कांग्रेस गोरखा–१ का उम्मेदवार प्रेम खत्रीले काठमाडौंको बनस्थलीमा सम्पर्क कार्यालय उद्घाटन

नेपाली कांग्रेस गोरखा–१ का उम्मेदवार प्रेम खत्रीले काठमाडौंको बनस्थलीमा सम्पर्क कार्यालय उद्घाटन

जोईन खबर

११, माघ २०८२
  • 436
    SHARES
  • नेपाली कांग्रेस गोरखा–१ का उम्मेदवार प्रेम खत्रीले काठमाडौंको बनस्थलीमा सम्पर्क कार्यालय उद्घाटन

    ११ माघ काठमाडौं । नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर–१ का उम्मेदवार प्रेम खत्रीले काठमाडौंको बनस्थलीमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका छन्। गोरखा–१ बाट काठमाडौंमा बसोबास गर्ने मतदाता, शुभेच्छुक तथा पार्टी कार्यकर्तासँग प्रत्यक्ष समन्वय र संवादलाई थप सशक्त बनाउने उद्देश्यले उक्त कार्यालय खोलिएको हो।

    images

    सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका नेता–कार्यकर्ता, बुद्धिजीवी, व्यवसायी तथा गोरखाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै उम्मेदवार खत्रीले काठमाडौंमा रहेका गोरखाली मतदाताको सुझाव, अपेक्षा र समस्या बुझ्न तथा चुनावी अभियानलाई व्यवस्थित रूपमा अघि बढाउन सम्पर्क कार्यालय महत्वपूर्ण हुने बताए।

    images
    images
    images

    उनले गोरखा–१ को विकास, सुशासन, रोजगारी सिर्जना र सामाजिक न्यायलाई आफ्नो प्रमुख एजेन्डा बनाएको उल्लेख गर्दै भने, “देशको राजनीतिक, आर्थिक र प्रशासनिक केन्द्र काठमाडौंमा रहेका गोरखाली दाजुभाइ दिदीबहिनीहरूसँग निरन्तर सम्पर्क राख्नु आवश्यक छ। बनस्थलीको यो कार्यालय त्यसैको माध्यम हुनेछ।”

    सम्पर्क कार्यालयमार्फत चुनावी कार्यक्रमको समन्वय, मतदाता भेटघाट, सुझाव संकलन तथा पार्टी गतिविधिहरू सञ्चालन गरिने जानकारी दिइएको छ। साथै, गोरखा–१ का मतदातासँग काठमाडौंमै बसेर संवाद गर्न सकिने भएकाले चुनावी अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

    कार्यक्रममा सहभागी नेताहरूले प्रेम खत्रीको उम्मेदवारीले गोरखा–१ मा नेपाली कांग्रेसको आधार अझ बलियो बन्ने विश्वास व्यक्त गरेका थिए। उनीहरूले संगठन विस्तार र मतदाता एकतामा सम्पर्क कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताए।

    प्रकाशित मिति :माघ ११, २०८२ आइतवार - १५:४३:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको