Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेपाली कांग्रेस गोरखा–१ का उम्मेदवार प्रेम खत्री आरूघाट–काठमाडौं सम्पर्क समितिमा छलफल

नेपाली कांग्रेस गोरखा–१ का उम्मेदवार प्रेम खत्री आरूघाट–काठमाडौं सम्पर्क समितिमा छलफल

जोईन खबर

१२, माघ २०८२
  • 607
    SHARES
  • नेपाली कांग्रेस गोरखा–१ का उम्मेदवार प्रेम खत्री आरूघाट–काठमाडौं सम्पर्क समितिमा छलफल

    १२ माघ काठमाडौँ । नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार प्रेम खत्रीले आरूघाट–काठमाडौं सम्पर्क समितिसँग छलफल गरेका छन्। काठमाडौंमा आयोजित उक्त कार्यक्रममा खत्रीले गोरखा–१ को समग्र राजनीतिक अवस्था, आगामी निर्वाचनको तयारी तथा क्षेत्रका विकासका प्राथमिकताबारे धारणा राखेका थिए।

    images

    छलफलका क्रममा उम्मेदवार खत्रीले आरूघाट गाउँपालिका,गण्डकी गाउँपालिका,धार्चे गाउँपालिका,चुमनुब्री गाउँपालिका,शहिद लखन गाउँपालिकागायत क्षेत्रका जनताको समस्या र अपेक्षालाई संसद्मार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, रोजगारी र स्थानीय उत्पादनको प्रवर्द्धनलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताए।

    images
    images
    images

    कार्यक्रममा उपस्थित आरूघाट–काठमाडौं सम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरूले गोरखा–१ को विकासका लागि केन्द्रसँग सशक्त रूपमा आवाज उठाउनुपर्ने आवश्यकता औंल्याए। उनीहरूले कांग्रेस उम्मेदवार खत्रीलाई आगामी निर्वाचनमा सहयोग र समर्थन गर्ने प्रतिबद्धता पनि जनाए।

    छलफल कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता, समाजसेवी तथा गोरखाबाट काठमाडौंमा रहेका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले आगामी दिनमा गोरखा–१ केन्द्रित राजनीतिक गतिविधि थप सक्रिय बनाउने निर्णयसमेत गरेका छन्।

    प्रकाशित मिति :माघ १२, २०८२ सोमवार - २०:०२:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको