Logo

बुधवार, कार्तिक १२ गते २०८३

पार्टीभन्दा व्यक्ति र व्यक्तित्वको मूल्याङ्कन आवश्यक : नेता प्रकाशचन्द्र दवाडी

पार्टीभन्दा व्यक्ति र व्यक्तित्वको मूल्याङ्कन आवश्यक : नेता प्रकाशचन्द्र दवाडी

जोईन खबर

१२, माघ २०८२
  • 727
    SHARES
  • पार्टीभन्दा व्यक्ति र व्यक्तित्वको मूल्याङ्कन आवश्यक : नेता प्रकाशचन्द्र दवाडी

    १२ माघ काठमाडौँ । गोरखा क्षेत्र नं.२ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार प्रकाशचन्द्र दवाडीले पार्टी मात्र कहिल्यै खराब नहुने तर केही व्यक्ति गलत हुन सक्ने बताएका छन्। उनले अब पार्टी, व्यक्ति र व्यक्तित्व सबैलाई गम्भीर रूपमा मूल्याङ्कन गर्ने समय आएको बताएका हुन्।

    images

    गोरखा क्षेत्र नं २ मा हिजो आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै दवाडीले भने, “पार्टी कहिल्यै खराब हुँदैन, खराब केही व्यक्ति थिए वा होलान्। तर अब पार्टी मात्र होइन, व्यक्ति र उसको व्यक्तित्वसमेत हेर्ने बेला आएको छ।”

    images
    images
    images

    उनले मतदातालाई आग्रह गर्दै व्यक्तिको बोली, व्यवहार, नैतिक जिम्मेवारी, जवाफदेयिता र दूरदर्शिता जस्ता पक्षलाई आधार बनाएर नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए। केवल पार्टीको झण्डा वा नाराका भरमा मतदान गर्ने प्रवृत्तिले देशको राजनीति सुधार हुन नसक्ने उनको भनाइ थियो।

    दवाडीले राजनीति सेवा र जिम्मेवारीको क्षेत्र भएको उल्लेख गर्दै जनताप्रति उत्तरदायी, इमानदार र भविष्यप्रति स्पष्ट दृष्टिकोण भएको नेतृत्व आवश्यक रहेको बताए। “नेतृत्वले बोलेको कुरा व्यवहारमा उतार्न सक्नुपर्छ। जनताको विश्वास जित्न नैतिकता र जवाफदेयिता अनिवार्य हुन्छ,” उनले थपे।

    उनले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य, विधि र पारदर्शितामा विश्वास गर्ने पार्टी भएको बताउँदै आफू निर्वाचित भए गोरखा क्षेत्र नं.२ का जनताको आवाज प्रतिनिधिसभामा मजबुत रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे।दवाडीको अभिव्यक्तिलाई स्थानीय मतदाताले सकारात्मक रूपमा लिएको बताउँदै चुनावी अभियानमा उल्लेखनीय सहभागिता देखिएको छ।

    प्रकाशित मिति :माघ १२, २०८२ सोमवार - २१:००:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको