Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखा–२ चुनावी अभियानमा चक्रे मिलनको स्पष्टीकरण — “म गुन्डा होइन”

गोरखा–२ चुनावी अभियानमा चक्रे मिलनको स्पष्टीकरण — “म गुन्डा होइन”

जोईन खबर

१३, माघ २०८२
  • 835
    SHARES
  • गोरखा–२ चुनावी अभियानमा चक्रे मिलनको स्पष्टीकरण — “म गुन्डा होइन”

    १३ माघ गोरखा । नेकपा एमालेबाट गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार मिलन गुरुङ (चक्रे मिलन) ले आफूलाई गुन्डा भनेर लगाइने आरोपको कडा खण्डन गरेका छन्। चुनावी अभियानका क्रममा स्थानीय मतदातासँगको भेटघाटमा उनले आफ्नो विगतलाई लिएर फैलाइएका हल्ला र आरोपहरूप्रति असन्तुष्टि जनाएका हुन्।मतदातासँगको अन्तरक्रियामा बोल्दै गुरुङले भने, “म के गुन्डा हो र  हिजो सिंहदरबार सांसद भवन,सरकारी भवन जलाउने नहुने, म कसरी त्यस्तो भएँ ” उनले आफ्नो नाम जोडेर गरिने नकारात्मक प्रचार राजनीतिक रूपमा प्रेरित भएको दाबी गरे।

    images

    आफ्नो युवावस्थाको प्रसंग उठाउँदै उनले भने, “उमेरमा  सबैले  एक–दुई सट हानी हाल्छ नि हिजो उमेरमा दाईले पनि हानु भयो होला तर मैले खुकुरी चलाएको  थिए त्यति कुरा फरक त हो नी ” तर त्यसलाई आधार बनाएर आजसम्म आफूलाई अपराधीझैँ चित्रण गर्नु गलत भएको उनको भनाइ थियो।गुरुङले अहिले आफू पूर्ण रूपमा राजनीतिमा केन्द्रित भएको र जनताको सेवाका लागि उम्मेदवार बनेको स्पष्ट पारे। “म विगतमा होइन, वर्तमान र भविष्यमा के गर्छु भन्ने आधारमा मूल्यांकन हुन चाहन्छु,” उनले भने।

    images
    images
    images

    चुनावी अभियानका क्रममा उनले विकास, रोजगारी, सडक, शिक्षा र स्वास्थ्यलाई प्राथमिक एजेन्डा बनाएको बताए। स्थानीय स्तरमै रोजगारी सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्ने आफ्नो योजना रहेको उनको दाबी छ।स्थानीय मतदातामध्ये केहीले उनको स्पष्ट बोलीलाई ‘खुला र नडराउने शैली’ भनेका छन् भने केहीले विगतका घटनाबारे अझ प्रस्ट जवाफ आवश्यक रहेको प्रतिक्रिया दिएका छन्।गोरखा–२ मा यसपटकको निर्वाचन रोचक बन्दै गएको छ। विभिन्न दलका प्रभावशाली उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको अवस्थामा चक्रे मिलनको यो अभिव्यक्तिले चुनावी बहसलाई थप तातेको छ।

    प्रकाशित मिति :माघ १३, २०८२ मंगलवार - १४:५८:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको