Logo

शुक्रवार, भाद्र २६ गते २०८३

ज्वालामुखीलाई नमुना सफा गाउँपालिका घोषणा गर्ने, सभामुख अर्याल आज गृहजिल्ला धादिङ जाँदै

ज्वालामुखीलाई नमुना सफा गाउँपालिका घोषणा गर्ने, सभामुख अर्याल आज गृहजिल्ला धादिङ जाँदै

जोईन खबर

२९, चैत्र २०८२
  • 418
    SHARES
  • ज्वालामुखीलाई नमुना सफा गाउँपालिका घोषणा गर्ने, सभामुख अर्याल आज गृहजिल्ला धादिङ जाँदै

    २९ चैत काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज आफ्नो गृहजिल्ला धादिङ जाँदैछन्। सभामुख निर्वाचित भएपछि उनी पहिलोपटक गृहजिल्ला जान लागेका हुन्।अर्याल धादिङको ज्वालामुखी गाउँपालिका–३, अमराईका स्थायी बासिन्दा हुन्। यद्यपि, पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा भने उनी काठमाडौं–९ बाट निर्वाचित भएका थिए।

    images

    सभामुख अर्याल आफ्नै पालिकालाई नेपालकै पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गर्ने उद्देश्यसहित धादिङ जान लागेका हुन्। आज बराहकाली माध्यमिक विद्यालयमा आयोजना हुने विशेष कार्यक्रमका बीच ज्वालामुखी गाउँपालिकालाई यस्तो घोषणा गरिँदैछ।

    उनकै प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा ज्वालामुखी गाउँपालिकालाई नेपालकै पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरिनेछ। सभामुख अर्यालले नै औपचारिक रूपमा उक्त घोषणा गर्ने कार्यक्रम रहेको जनाइएको छ।

    यस कार्यक्रमले स्थानीय स्तरमा सरसफाइ, स्वच्छता र वातावरणीय सचेतनालाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। साथै, अन्य स्थानीय तहहरूलाई पनि यस्तै अभियानतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।

    प्रकाशित मिति :चैत्र २९, २०८२ आइतवार - ११:२२:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको