Logo

मंगलवार, श्रावण १२ गते २०८३

एकछिन परेको वर्षाले काठमाडौंको बनस्थलीस्थित ढुंगेधारा क्षेत्र जलमग्न,तस्बिरहरू

एकछिन परेको वर्षाले काठमाडौंको बनस्थलीस्थित ढुंगेधारा क्षेत्र जलमग्न,तस्बिरहरू

जोईन खबर

२४, बैशाख २०८३
  • 355
    SHARES
  • एकछिन परेको वर्षाले काठमाडौंको बनस्थलीस्थित ढुंगेधारा क्षेत्र जलमग्न,तस्बिरहरू

    २४ वैशाख काठमाडौँ । काठमाडौँ महानगरपालिका बनस्थली अन्तर्गत पर्ने ढुंगेधारा क्षेत्र बिहीबार  बिहान करिब ९:३० बजे तिर एकछिनको भारी वर्षापछि जलमग्न भएको छ। पानीको निकास व्यवस्थित नहुँदा सडक तथा आसपासका बस्ती डुबानमा परेका हुन्।

    images

    अचानक परेको वर्षासँगै सडकमा ठूलो मात्रामा पानी जम्दा सवारी आवागमन प्रभावित भएको स्थानीयले बताएका छन्। जलमग्न सडकका कारण पैदलयात्री तथा साना सवारी साधनलाई आवतजावत गर्न समस्या भएको थियो। केही स्थानमा घर तथा पसलभित्र समेत पानी पसेको जनाइएको छ।

    स्थानीय बासिन्दाले वर्षा हुनेबित्तिकै यस क्षेत्रमा डुबान हुने समस्या दोहोरिने गरेको गुनासो गरेका छन्। ढल निकासको उचित व्यवस्थापन नहुँदा सामान्य वर्षामै सडक जलमग्न हुने अवस्था आएको उनीहरूको भनाइ छ।

    वर्षापछि केहीबेरमै पानीको सतह घट्न थाले पनि सडकमा हिलो र फोहोर जमेको देखिएको छ। स्थानीय तह तथा सम्बन्धित निकायलाई दीर्घकालीन समाधानको पहल गर्न स्थानीयले माग गरेका छन्।

    Screenshot 2026-05-07 110130.jpgScreenshot 2026-05-07 110130.jpgScreenshot 2026-05-07 110102.jpgScreenshot 2026-05-07 110102.jpgScreenshot 2026-05-07 110027.jpg

    प्रकाशित मिति :बैशाख २४, २०८३ बिहिवार - ११:०६:३९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको