Logo

मंगलवार, श्रावण १२ गते २०८३

उत्तरी  गोरखाको फिलिम सामुदायिक वनमा वृक्षरोपण, स्थानीयको सक्रिय सहभागिता

उत्तरी  गोरखाको फिलिम सामुदायिक वनमा वृक्षरोपण, स्थानीयको सक्रिय सहभागिता

जोईन खबर

१६, आषाढ २०८३
  • 358
    SHARES
  • उत्तरी  गोरखाको  फिलिम सामुदायिक वनमा वृक्षरोपण, स्थानीयको सक्रिय सहभागिता

    १६ असार काठमाडौँ । उत्तरी  गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित फिलिम सामुदायिक वन क्षेत्रमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ।

    images

    एमक्याप (MCAP) को आयोजनामा, गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको सहयोग तथा फिलिम आमा समूहको पहलमा आयोजित वृक्षरोपण कार्यक्रममा स्थानीय गाउँलेहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    वन संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपिएको आयोजकले जनाएको छ। कार्यक्रममा स्थानीयवासी, आमा समूहका प्रतिनिधि तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

    आयोजकका अनुसार वृक्षरोपणले वन क्षेत्रको संरक्षण, जैविक विविधताको प्रवर्द्धन, माटो संरक्षण तथा वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। स्थानीय समुदायको सक्रिय सहभागिताले वन संरक्षण तथा वातावरण संरक्षणप्रति सकारात्मक सन्देश दिएको आयोजकको भनाइ छ।फिलिम आमा समूहले आगामी दिनमा पनि सामुदायिक वनको संरक्षण, नियमित हेरचाह तथा वातावरण संरक्षणसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    प्रकाशित मिति :आषाढ १६, २०८३ मंगलवार - १४:३०:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको