Logo

शुक्रवार, भाद्र २६ गते २०८३

एसी भएको कोठामा बसेर जनताको पीडा कसरी बुझ्ने : सांसद साम्पाङको प्रश्न

एसी भएको कोठामा बसेर जनताको पीडा कसरी बुझ्ने : सांसद साम्पाङको प्रश्न

जोईन खबर

२६, श्रावण २०८३
  • 310
    SHARES
  • एसी भएको कोठामा बसेर जनताको पीडा कसरी बुझ्ने : सांसद  साम्पाङको प्रश्न

    २६ साउन काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले जनप्रतिनिधिले आम नागरिकको वास्तविक समस्या र पीडा महसुस गर्नुपर्ने बताएका छन्। उनले सुविधासम्पन्न कोठा र गाडीमा बसेर जनताको दैनिक दुःख–कष्ट बुझ्न कठिन हुने भन्दै जनतासँग जोडिएर काम गर्नुपर्नेमा जोड दिए।

    images

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले सडकमा घाममा घण्टौँसम्म लाइनमा बसेर ग्यासलगायत अत्यावश्यक वस्तुका लागि संघर्ष गरिरहेका नागरिकको अवस्थाप्रति ध्यान दिन सरकार र जनप्रतिनिधिको ध्यानाकर्षण गराए।

    उनले भने, ‘जनताको पीडा हामीलाई महसुस हुनु पर्यो नि। यहाँ एसी भएको कोठामा बसिन्छ, एसी भएकै गाडीमा आएको होला। घर गइन्छ, एसी नै छ। तर त्यो सडकमा तातो घाममा ग्यासको लाइनमा दिनभरि बस्ने नागरिकहरूको पीडा कहिले हामीले बुझ्ने 

    साम्पाङले जनप्रतिनिधिहरूले नागरिकका समस्या प्रत्यक्ष रूपमा बुझ्ने वातावरण बनाउनुपर्ने बताए। जनताले दैनिक जीवनमा भोगिरहेका समस्या समाधान गर्न सरकारको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

    उनले अत्यावश्यक वस्तुका लागि समेत नागरिकले घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताए। साम्पाङले जनताको जीवन सहज बनाउने विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिँदै जनप्रतिनिधिहरूले आफूले पाएको सुविधाभन्दा बाहिर निस्केर आम नागरिकको अवस्था बुझ्नुपर्ने धारणा राखे।

    प्रकाशित मिति :श्रावण २६, २०८३ मंगलवार - १६:५२:५१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको