Logo

शुक्रवार, भाद्र २६ गते २०८३

रसुवाको टिमुरेमा आकस्मिक बाढी , सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

रसुवाको टिमुरेमा आकस्मिक बाढी , सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

जोईन खबर

१०, भाद्र २०८३
  • 232
    SHARES
  • रसुवाको टिमुरेमा आकस्मिक बाढी , सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

    १० भन्दौ काठमाडौँ । रसुवा जिल्लाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीका कारण बस्ती तथा संरचनामा क्षति पुगेको छ भने ड्युटीमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर अम्बिर खत्रीसहित ९ जना सम्पर्कविहीन भएका छन्।

    images

    बिहान करिब ९ बजे आएको बाढीले टिमुरे बजार क्षेत्रका बस्तीहरूमा क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीका कारण सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बीओपी०बाट ड्युटीमा खटिएका इन्स्पेक्टर खत्रीसहित ९ जना सम्पर्कविहीन भएको स्रोतले जनाएको छ।

    प्रारम्भिक जानकारीअनुसार बीओपीको भवनमा भने कुनै क्षति पुगेको छैन। बीओपीमा कार्यरत कुल ३० जनामध्ये ६ जना बिदामा रहेका थिए भने १५ जना सुरक्षित रहेको स्रोतले जनाएको छ। बाँकी प्रहरीको अवस्थाबारे भने यकिन विवरण प्राप्त हुन सकेको छैन।

    यस्तै, नेपाल प्रहरीको टोलीसमेत सम्पर्कमा नरहेको बताइएको छ। बाढीपछि सुरक्षा निकायले खोज तथा उद्धारको प्रयास अघि बढाएको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण उद्धार तथा खोजी कार्य अघि बढेपछि मात्र स्पष्ट हुने बताइएको छ।

    प्रकाशित मिति :भाद्र १०, २०८३ बुधवार - १०:४१:०६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको