Logo

शुक्रवार, भाद्र २६ गते २०८३

भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, ऋण मिनाहा र निःशुल्क शिक्षा

भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, ऋण मिनाहा र निःशुल्क शिक्षा

जोईन खबर

१८, भाद्र २०८३
  • 394
    SHARES
  • भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, ऋण मिनाहा र निःशुल्क शिक्षा

    १८ भदो काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएका नेपाल प्रहरीका कर्मचारीका परिवारलाई नेपाल प्रहरीले राहत तथा सहुलियतका विभिन्न कार्यक्रम घोषणा गरेको छ। प्रहरीले दिवंगत प्रहरी कर्मचारीका परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने तथा नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने निर्णय गरेको हो।

    images

    नेपाल प्रहरीले दिवंगत प्रहरी कर्मचारीका छोराछोरीलाई पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ। उच्च शिक्षाका लागि भने नेपाल प्रहरी आवासीय विद्यालय साँगा, काभ्रेमा निःशुल्क अध्ययनको व्यवस्था गरिने भएको छ।

    बाढीका क्रममा कर्तव्य निर्वाह गर्ने क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीका आश्रित परिवारलाई आर्थिक तथा शैक्षिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको नेपाल प्रहरीले जनाएको छ।

    निर्णयअनुसार सम्बन्धित परिवारलाई तत्काल आर्थिक राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराइनेछ। त्यस्तै, नेपाल प्रहरी कल्याण कोषबाट लिइएको विशेष सापटी ऋण रकमसमेत मिनाहा गरिनेछ।

    दिवंगत प्रहरी कर्मचारीका छोराछोरीको शिक्षालाई निरन्तरता दिन प्रहरी आवासीय विद्यालयमा निःशुल्क अध्ययनको व्यवस्था गर्ने निर्णय गरिएको हो। आधारभूत तहसम्म उनीहरूलाई पायक पर्ने प्रहरी आवासीय विद्यालयमा पढाइनेछ भने उच्च शिक्षाका लागि नेपाल प्रहरी आवासीय विद्यालय साँगा, काभ्रेमा निःशुल्क अध्ययनको अवसर दिइनेछ।

    बाढी तथा विपद्का समयमा नागरिकको उद्धार, सुरक्षा र राहत कार्यमा खटिएका प्रहरी कर्मचारीले ज्यान गुमाएपछि उनीहरूका परिवारलाई राहत र दीर्घकालीन सहयोग उपलब्ध गराउने उद्देश्यले यी निर्णय गरिएको नेपाल प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :भाद्र १८, २०८३ बिहिवार - १६:५३:०३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको