Logo

शुक्रवार, भाद्र २६ गते २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक अहिले १ बजे बस्दै, के के कुरामा होला त छलफल

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक अहिले १ बजे बस्दै, के के कुरामा होला त छलफल

जोईन खबर

२२, भाद्र २०८३
  • 232
    SHARES
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक अहिले १ बजे बस्दै, के के कुरामा होला त छलफल

    २२ भदौ काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ। बैठक पार्टीको केन्द्रीय कार्यालय बीपी नगरस्थित बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्नेछ।

    images

    आइतबार सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा विभिन्न समसामयिक विषयमा छलफल भएको थियो। बैठकमा सभापति थापाले भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा प्राप्त वस्तुस्थितिबारे जानकारी गराएका थिए।

    थापाले बाढी प्रभावित क्षेत्रका पीडितसँग भएको भेटघाट तथा छलफलका क्रममा देखिएका समस्या र अवस्थाबारे बैठकलाई जानकारी गराएका थिए।

    आइतबारको बैठकमा सहमहामन्त्रीद्वय फरमूल्लाह मन्सुर र बहादुरसिंह लामासहित १७ जना सदस्यले आ–आफ्नो धारणा राखेका थिए। केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, डा. चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अब्दुल सत्तार, राजेन्द्रकुमार केसी, इन्जिनियर मोहन आचार्य, प्रा.डा.गोविन्दराज पोखरेल, भरतकुमार शाह र सुधीरकुमार शिवाकोटीले पनि बैठकमा विचार व्यक्त गरेका थिए।

    त्यस्तै, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र कर्णाली प्रदेश सभापति ललितजंग शाहीले समेत बैठकमा आफ्नो धारणा प्रस्तुत गरेका थिए। सोमबारको बैठकमा आइतबारको छलफललाई निरन्तरता दिँदै विभिन्न राजनीतिक तथा समसामयिक विषयमा थप छलफल हुने कांग्रेसले जनाएको छ।

    प्रकाशित मिति :भाद्र २२, २०८३ सोमवार - १०:०५:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको