२२ भदौ काठमाडौँ । रसुवामा गएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बाढीपछिको १३औँ दिन आज विभिन्न सरकारी तथा सार्वजनिक कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकका परिवार शोकमा छन् भने प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका काम अझै जारी छन्।
दिवंगतप्रति सम्मान र शोक व्यक्त गर्न आज झण्डा आधा झुकाइएको हो। बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण र प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने काम पनि अघि बढाइएको छ।
बाढीको १३औँ दिनमा जिल्लावासीले दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारको दुःखमा साथ दिन सबैमा आग्रह गरेका छन्।