११ जेठ काठमाडौं । मनहरी गाउँपालिका ६ नयाँबस्तीमा गएराति बसले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ । गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख १७४० नम्बरको यात्रुवाहक बसले पैदल हिंडिरहेकी अन्दाजी ६० वर्षीया महिलालाई गएराति करिब २ बजे ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी महिलाको हेटौडा अस्पतालमा उपचारको क्रममा आज बिहान पौने ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।