Logo

बिहिवार, श्रावण १४ गते २०८३

रुकुम पश्चिमको दुलीमा जिप दुर्घटना हुँदा १४ जना घाइते ,पाँच जनाको अवस्था चिन्ताजनक

रुकुम पश्चिमको दुलीमा जिप दुर्घटना हुँदा १४ जना घाइते ,पाँच जनाको अवस्था चिन्ताजनक

जोईन खबर

११, जेठ २०८०
  • 694
    SHARES
  • रुकुम पश्चिमको  दुलीमा जिप दुर्घटना हुँदा १४ जना घाइते ,पाँच जनाको अवस्था चिन्ताजनक

    ११ जेठ काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८ दुलीमा जिप दुर्घटना हुँदा १४ जना घाइते  पाँच जनाको  अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्सपेक्टर श्रेष्ठले जानकारी दिए ।

    images

    सानीभेरी गाउँपालिका-३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान करिब साढे आठ बजेतिर दुर्घटना भएको थियो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

    प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार गम्भीर घाइते भएकाहरुलाई हेलिकोप्टरबाट बाँकेको कोहलपुर लैजाने तयारी छ । ‘घाइतेहरुको उद्धारका लागि सुर्खेतबाट रुकुम पश्चिमका लागि हेलिकोप्टर उडिसकेको छ।सामान्य घाइतेहरुलाई भने जिल्ला अस्पताल सल्लेमा लैजाने काम जारी छ ।

    प्रकाशित मिति :जेठ ११, २०८० बिहिवार - १७:०१:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको