११ जेठ काठमाडौं । सरकारले रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी गरेको छ ।२०७२ भदौमा भएको टिकापुरमा घटनामा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका चौधरीको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ ।
गृह मन्त्रालयले राष्ट्रपति कार्यालयमा फाइल पठाई त्यहाँबाट स्वीकृत भएर आएको फाइलमा महान्यायाधिवक्ताको राय लिएर माफी मिनाहा’को प्रस्ताव मन्त्रिपरिषद्ले पठाउँछ । मन्त्रिपरिषदबाट निर्णय गराई राष्ट्रपति कार्यालयले निर्णय गरेपछि कैदीको बाकी कैद माफी मिनाहा हुन्छ ।

