Logo

बिहिवार, श्रावण १४ गते २०८३

खुकुरी प्रहार गरी युवतीको हत्या गरेपछि एक युवकले गरे आत्महत्याको प्रयास

खुकुरी प्रहार गरी युवतीको हत्या गरेपछि एक युवकले गरे आत्महत्याको प्रयास

जोईन खबर

१२, जेठ २०८०
  • 652
    SHARES
  • खुकुरी प्रहार गरी युवतीको हत्या गरेपछि एक युवकले गरे आत्महत्याको प्रयास

    १२ जेठ काठमाडौं । सङ्खुवासभामा खुकुरी प्रहार गरी एक युवतीको हत्या गरिएको छ। शुक्रबार खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा युना दर्नालमाथि खुकुरी प्रहार हुँदा उनको मृत्यु भएको हो । सभापोखरी गाउँपालिका–१ घर भएकी २१ वर्षीया युनाको सोही गाउँकै २३ वर्षीय नन्दराम गदालले हत्या गरेका हुन्। ती युवकले युवतीको हत्या गरेपछि खुकुरी प्रहार गरेपछि आत्महत्याको प्रयास गरेका थिए ।

    images

    उनले आफ्नै पेटमा खुकुरी हानेको प्रहरीले जनाएको छ । युना खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन्। हिजो नन्दराम नेपाल प्रहरीको तीन महिनाको तालिम सकेर खाँदबारी फर्केका थिए । बिहीबार नन्दराम युनाकै डेरामा बसेको खुलेको छ ।बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। 

     
     

    प्रकाशित मिति :जेठ १२, २०८० शुक्रवार - १३:३५:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको