Logo

बिहिवार, श्रावण १४ गते २०८३

कर्मचारी र जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर

कर्मचारी र जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर

जोईन खबर

१२, जेठ २०८०
  • 946
    SHARES
  • कर्मचारी र जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा  दायर

    १२ जेठ काठमाडौं । कर्मचारी र जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गरेको छ ।सेवाग्राहीसँग घुस/रिसवत मागेको आरोपमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार रायविरुद्ध मुद्दा दायर गरिएको हो ।जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग ५० हजार घुस रिसवत मागेको अख्तियारको ठहर छ ।

    images

    चौधरी र रायले भ्रष्टाचार निवारण २०५९ को दफा ३ को उपदफा (१) देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

    प्रकाशित मिति :जेठ १२, २०८० शुक्रवार - १४:१४:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको