Logo

बिहिवार, श्रावण १४ गते २०८३

डार्क एडिसनमा यामाहा ‘आर १५ भी-फोर’

डार्क एडिसनमा यामाहा ‘आर १५ भी-फोर’

जोईन खबर

१२, जेठ २०८०
  • 676
    SHARES
  • डार्क एडिसनमा यामाहा ‘आर १५ भी-फोर’

    १२ जेठ काठमाडौं । बाइकको नयाँ भर्सन सार्वजनिक यामाहाले आफ्नो सबैभन्दा सस्तो स्पोर्टस् गरेको छ । कम्पनीले आर १५ भी फोरको नयाँ भर्सन भारतीय बजारमा ल्याएको हो ।यामाहा इन्डियाले आफ्नो चर्चित मोटरसाइकल आर १५ भी ४ लाई डार्क नाइट भेरियन्टमा ल्याएको हो । कलर बाहेक कम्पनीले नयाँ मोटरसाइकलमा अन्य फिचर भने कुनै परिवर्तन गरेको छैन ।

    images

    कम्पनीले आर १५ डार्क नाइट भर्सनमा म्याट फिनिस र गोल्ड हाइलाइट्समा अल ब्ल्याक फिनिसिङ्ग लुक्स दिएको छ । यसमा गोल्डेन अलोय ह्वील दिएको छ ।यसमा रेगुलर मोडल कै १५५ सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्वीड कुल्ड भीभीए एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १८.४ बीएच पावर र १४.२ एनएम टर्क प्रदान गर्छ ।

    यसमा ६ स्पीड गियरबक्सको साथमा स्लीपर क्लच र क्वीक सिफ्टर समेत पाउन सकिन्छ ।नेपालमा यामाहा मोटरसाइकल तथा स्कुटरको विक्री वितरण एमएडब्लू इन्टरप्राइजेजले गर्दै आएको छ । एमएडब्लूले आर १५ भी ४ डार्क नाइट मोडल नेपाली बजारमा चाँडै ल्याउने अनुमान लगाउन सकिन्छ ।

    प्रकाशित मिति :जेठ १२, २०८० शुक्रवार - १५:५१:२५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको