Logo

बिहिवार, श्रावण १४ गते २०८३

सबस्टेसनको निर्माण प्रगतिका बारेमा जानकारी लिई कुनै प्रगति नदेखिएपछि आक्रोसित बने :प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ

सबस्टेसनको निर्माण प्रगतिका बारेमा जानकारी लिई कुनै प्रगति नदेखिएपछि आक्रोसित बने :प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ

जोईन खबर

१४, जेठ २०८०
  • 616
    SHARES
  • सबस्टेसनको निर्माण प्रगतिका बारेमा जानकारी लिई कुनै प्रगति नदेखिएपछि आक्रोसित बने :प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ

    १४ जेठ काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको अनुगमन भ्रमण गरेका छन्।

    images

    कार्यकारी निर्देशक घिसिङले निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सबस्टेसनको निर्माण प्रगतिका विषयमा जानकारी लिएका थिए।गत फागुनको अन्तिम साता पनि अनुगमन भ्रमणमा गएका घिसिङ २२० केभी सबस्टेसन निर्माणमा त्यसपछि कुनै प्रगति नदेखिएपछि आक्रोसित बनेका थिए।

    भारतको दिल्लीमा रहेका सिमेन्सका निहित गुप्ता र टेलमोसका रवि गुप्तालाई छुट्टाछुट्टै फोन गरी आइतबार काठमाडौं आएर संयुक्त बैठक गर्न निर्देशन दिएका थिए। ‘सबस्टेसन निर्माणको अनुगमनमा नियमित रुपमा आइरहेको छु, बिगत दुई महिनामा केही काम गरेनौ, सबस्टेसनको निर्माण तत्काल सम्पन्न गरी पूर्व–पश्चिममा थप विद्युत् प्रवाहका लागि हामीलाई चाप छ, सबस्टेसन तत्काल सञ्चालन गर्न सकेनौं भने दैनिक रुपमा ४००–५०० मेगावाट विद्युत् खेर जान्छ, यसको सबै क्षतिपूर्ति तिराउँछौं । घिसिङले चेतावनी दिंदै भने, ‘तुरुन्त काठमाडौ आएर संयुक्त बैठक गर, यदि काम गर्न सक्दैनौ भने छोडेर जाऊ ।’

     

     
     

    प्रकाशित मिति :जेठ १४, २०८० आइतवार - १२:२५:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको