Logo

बिहिवार, श्रावण १४ गते २०८३

जुम्लामा उत्तरी गोरखाका एक जना पुरुषको सडक दुर्घटनामा परी मृत्यु

जुम्लामा उत्तरी गोरखाका एक जना पुरुषको सडक दुर्घटनामा परी मृत्यु

जोईन खबर

१४, जेठ २०८०
  • 556
    SHARES
  • जुम्लामा उत्तरी गोरखाका  एक जना पुरुषको  सडक दुर्घटनामा परी मृत्यु

    १४ जेठ काठमाडौ । गोरखाका एक जना पुरुषको जुम्लामा सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्तक  गोरखाका धार्चे गाउँपालिका–२ का छानवीर गुरुङ भएको जुम्ला प्रहरीले पुष्टी गरेको हो । कादुरी नेपाल नामक संस्थामा काम गर्ने गुरुङ काम सकेर गोरखा तर्फ फर्कने क्रममा कनका सुन्दरी गाउँपालिका–६ को गोठीज्यू भन्ने स्थानमा बुधबार भे. १ ख २९१३ नम्बरको बसको पछाडीको टायरले च्यापिएको थिए ।

    images

    घटनामा संलग्न रहेको बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रण्मा लिएको  जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो । च्यापिएर गंभिर घाईते गुरुङको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु पछि उहाँको शव हिजो (शनिबार) हेली मार्फत गाउँ लगेर अन्त्यष्टी गरिएको पारिवारी स्रोतले जानकारी दिएको हो ।

    प्रकाशित मिति :जेठ १४, २०८० आइतवार - १५:०६:४३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको