१४ जेठ काठमाडौ । गोरखाका कृषि ज्ञानकेन्द्र प्रमुख सहित कार्यालयको गाडी किसानले नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका छन् । गोरखा नगरपालिका वडा न ३ नारेश्वरको पणिनी चाैतारा र आसपासका बासिन्दा ले कार्या प्रमुख परशुराम अधिकारी र उनले चढ्ने ग १ झ ५३२ गाडी शनिबार साँझ साढे ७ बजेतिर नियन्त्रणमा लिई प्रहरी को जिम्मा लगाएका हुन्।
दिउँसो साढे ४ बजेतिर उहाँ यहाँ आइपुग्रुभएको थियो एक ठाउँमा झण्डै ढेड घण्टा बसेर खानपिन गर्नु भयो एक स्थानीय किसानले भने पाणिनी चाैताराको अर्काे घरमा दुईवटा कुखुरा काटन लगाएर खानपिन गरि नाचगान गरिरहेको बेला हामीले प्रहरी लाई खबर गरेको हाैँ ।ज्ञानकेन्द्र प्रमुख अधिकारी माैरीपालनका लागि शुक्रबार अनुदान सदर भएका किसानको घरमा खानपिनका लागि पुगेका थिए ।
जिल्लाका प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले पनि कृषि ज्ञानकेन्द्र गोरखाको ग १ झ ५३२ नम्बरको जिप जिल्ला प्रहरी कार्यालयमा रहेको बताउनु भयो । बिना पास शनिबार को दिन सरकारी गाडी प्रयोग गरिएको भने जानकारी आएको छ । ज्ञानकेन्द्र प्रमुख अधिकारी लेखा अधिकृत सहित नारेश्वर पुगेका थिए । स्थानिय बासिन्दा ले प्रहरी कार्यालय पुगेका प्रमुख सहित अन्यको मापसे जाँच हुनुपर्ने बताएका छन् ।