१४ जेठ काठमाडौ । जनकपुरधाममा आइतबार मानव सेवा आश्रम जनकपुरधाम शाखाको पहिलो वार्षिकोत्सव समारोहमा उहाँले मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो सभामुख मण्डल धारणा राख्नुभएको हो । समाजमा रहेका विभिन्न किसिमका खण्डहरु, विभिन्न समुदायका कारण पनि कहिलेकाहीँ हाम्रो मानवता कतै ओझेलमा पर्नेगरेको भन्दै हरेक खण्ड वा समुदायभन्दा पहिले हामी मानव भएको कुरा बुझनु पर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा मधेश प्रदेश सरकारका शिक्षा तथा समाज कल्याणमन्त्री महेश यादवले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक ऐन केन्द्रमै अल्झिएकाले जनताको अपेक्षाअनुसार काम गर्न नसकिएको बताउनुभयो ।जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले मधेश प्रदेशको विकासमा गुठी संस्थान बाधक बनिरहेको आरोप लगाउनुभयो । गुठीसम्बन्धी ऐन ल्याउन प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली सेनाका पृतनापति प्रेमध्वज अधिकारी, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवसहितकाले मानव सेवाको विषयमा आफ्नो धारणा राख्नुभयो । कार्यक्रममा मानव सेवा आश्रम जनकपुरधामलाई सहयोग गरेका विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको थियो ।