१४ जेठ काठमाडौ । सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३.९ रेक्टर स्केलको भूकम्प गएको हो।
जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ।