१४ जेठ काठमाडौ । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर ४ मा रहेको जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूले पाठ्यपुस्तक नपाएको भन्दै तालाबन्दी गरेका छन्। कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूले अहिलेसम्म पाठ्यपुस्तक नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका हुन्।
पुस्तक नपाएसम्म विद्यालय खोल्न नदिने विद्यार्थीहरूको चेतावनी छ । विद्यालयको लापरबाहीले अहिलेसम्म पाठ्यपुस्तक नपाएको विद्यार्थीहरूको आरोप छ।