Logo

बिहिवार, श्रावण १४ गते २०८३

गणतन्त्र दिवसको समारोह बहिष्कार: काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह

गणतन्त्र दिवसको समारोह बहिष्कार: काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह

जोईन खबर

१५, जेठ २०८०
  • 592
    SHARES
  • गणतन्त्र दिवसको समारोह  बहिष्कार:  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह

    १५ जेठ काठमाडौ । गणतन्त्र दिवसका अवसरमा आज टुँडिखेलमा आयोजित समारोह काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले अघोषित बहिष्कार गरेका छन् ।

    images

    केही समययता संघीय सरकारसँग असन्तुष्ट रहेका मेयर बालेन कार्यक्रममा अनुपस्थित रहेका छन् । उपमेयर सुनिता डङ्गोल पनि कार्यक्रममा उपस्थीत नभएको बताइएको छ ।हरेक वर्ष गणतन्त्र दिवसका दिन आयोजना गरिने औपचारिक समारोहमा उच्चपदस्थहरूलाई आमन्त्रण गर्ने गरिन्छ । काठमाडौँका मेयर र उपमेयरको पनि अनिवार्य उपस्थिति रहँदै आएको छ । तर, यसपालि मेयर साह र उपमेयर सुनिता डङ्गोल दुवै कार्यक्रममा अनुपस्थित रहे ।

     

    प्रकाशित मिति :जेठ १५, २०८० सोमवार - १५:२७:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको