Logo

बिहिवार, श्रावण १४ गते २०८३

स्वास्थ्य वीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने भएपछि सरकारले बजेट विनियाेजन नगरेकाे हाे

स्वास्थ्य वीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने भएपछि सरकारले बजेट विनियाेजन नगरेकाे हाे

जोईन खबर

१५, जेठ २०८०
  • 577
    SHARES
  • स्वास्थ्य वीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने भएपछि सरकारले बजेट विनियाेजन नगरेकाे हाे

    १५ जेठ काठमाडौ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य बीमा कार्यक्रमलाई बजेट विनियाेजन गरेकाे छैन् । स्वास्थ्य वीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने भएपछि सरकारले बजेट विनियाेजन नगरेकाे हाे ।स्वास्थ्य बीमा कार्यक्रम संञ्चालनमा आएदेखि सरकारले निरन्तर बजेट छुटाउदै आएको थियो । 

    images

    सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाउने जनाएको छ । स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमाका बीच दोहोरोपन नहुने गरी चालु आर्थिक वर्षभित्रै कार्यविधि तर्जुमा गरिने सकारको तयारी छ। 

    नागरिकलाई न्यूनतम आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न हाल सञ्चालनमा रहेका स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ । सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

     
     
     

    प्रकाशित मिति :जेठ १५, २०८० सोमवार - २०:२९:४९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको