Logo

बिहिवार, श्रावण १४ गते २०८३

भाडाका सवारी साधन दर्ता र नवीकरण गर्दा तिर्नुपर्ने आयकर बढ्यो

भाडाका सवारी साधन दर्ता र नवीकरण गर्दा तिर्नुपर्ने आयकर बढ्यो

जोईन खबर

१६, जेठ २०८०
  • 637
    SHARES
  • भाडाका सवारी साधन दर्ता र नवीकरण गर्दा तिर्नुपर्ने आयकर बढ्यो

    १६ जेठ काठमाडौ । भाडाका गाडीमा लाग्दै आएको नवीकरण गर्दा तिर्नुपर्ने आयकर अर्थमन्त्री प्रकाशशरण महतले  बढाएका छ । आगामी आर्थिक बर्षको बजेट मार्फत सीसी क्षमता अनुसार आयकर बढाएका हुन ।

    images

    आर्थिक विधेयक अनुसार कार, जिप, भ्यान, माइक्रोबसमा १३०० सीसीसम्म ४ हजार आयकर लाग्दै आएको थियो । अगामी आर्थिक बर्षदेखि ५ हजार ५०० आयकर लाग्ने व्यवस्था गरेको छ ।

    १३०१ देखि २०० सीसीसम्म

    यस अघि १३०१ देखि २०० सीसीसम्म ४ हजार ५०० लाग्दै आएको थियो । अब सोको आयकर ६ हजार पुर्याइएको छ । २ हजार १ सीसीदेखि २९०० सीसीसम्मसवारी दर्ता नवीकरण गर्दा ५ हजार  लाग्दै आएकोमा अब आयकर बढेर ६ हजार ५०० रुपैयाँ लाग्ने भएको छ ।

    २९०१ सीसीदेखि ४ हजार सीसीसम्म

    २९०१ सीसीदेखि ४ हजार सीसीसम्मको सवारी दर्ता वा नवीकरण गर्दा यस अघि ६ हजार लाग्दै आएको थियो । तर, अब अगामी आर्थिक बर्षदेखि ८ हजार तिर्नुपर्ने भएको छ । 

    मिनी बस, मिनी ट्रक र पानी ट्यांकर

    मिनी बस, मिनी ट्रक र पानी ट्यांकरका हकमा ८ हजार पुर्याइएको छ । यस अघि यो शुल्क ६ हजार रुपैयाँ लाग्दै आएको थियो ।मिनी टिपरको सवारीधनीले तिर्ने आयकर ९ हजार पुगेको छ । 

    हेभि इक्युपमेन्ट

    आर्थिक विद्येयक अनुसार ट्याक्टरको २ हजारबाट बढेर २ हजार ५००, पावर टिलरको १५०० बाट २ हजार , अटो रिक्सा, थ्री ह्वीलर र टेम्पोको २ हजारबाट २ हजार ५०० रुपैयाँ पुर्याइएको छ ।

    विद्युतीय सवारी साधनको दर्ता वा नवीकरण गर्दा कति तिनुपर्छ ?

    ५० देखि १२५ किलोवाटसम्मकोलार्य ४ हजार तोकिएको छ भने १२५ देखि २०० किलोवाटसम्म ६ हजार नविकरण र आयकर लाग्ने व्यवस्था भएको छ ।

     
     
     

    प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - १३:२०:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको