१६ जेठ काठमाडौ। इन्टरनेट सेवा प्रदायक कम्पनीले पछिल्लाे पटक गैरीधारा, थानकोट, चाबहिल, थली, केराबारी, पुष्पलाल चोक र बुधवारेमा आउटलेट विस्तार गरेकाे हाे । क्लासिक टेककाे आउटलेट सङ्ख्या एक सय चार पुगेकाे छ ।ग्राहकले कार्यालय नगई क्लासिक टेक एपमार्फत फोन बाट नै इन्टरनेटसम्बन्धी गुनासो, सापटी, महसुल भुक्तानीलगायतका सुविधाहरू लिन सक्नेछन् । कम्पनीले झन्झटमुक्त कारोबार उपलब्ध गराउन अनलाइन भुक्तानीमा सरलता ल्याएको छ ।
ग्राहकका लागि सुरक्षित भुक्तानी विकल्पहरूमा क्लासिक टेकले ई–सेवा, फाेन–पे, प्रभु पे, माई–पे, आईएमई पे तथा डेबिट/क्रेडिट कार्ड, नेपाल पे र कनेक्ट आईपीएस जस्ता अग्रणी भुक्तानी प्रदायकहरूसँग साझेदारी गरिसकेकाे छ । अनलाइनबाट भुक्तानी गर्दा ग्राहकलाई आकर्षक क्यासब्याक, बाेनस, छुट र राउटर अपग्रेडकाे याेजनाहरू पनि रहेको छ ।
सहज इन्टरफेस र सुविधाहरूको विस्तृत शृङ्खलाकाे साथ सहज अनुभवको आनन्द लिन सक्छन् । एपमा गुनासाे दर्ता, पासवर्ड परिवर्तन, म्याक फिल्टर, रेफर, रिचार्ज, स्पीड टेस्ट जस्ता विशेषताहरू रहेका छन् ।
निर्बाध सहायता सुनिश्चित गर्न क्लासिक टेकले ग्राहकलाई चाैबिस घण्टा/सात दिन सेवा प्रदान गर्दछ। ग्राहकले समर्पित हेल्पलाइन ९८२९२२३०४ मा वा कुनै पनि प्रश्न वा सरोकारका लागि क्लासिक टेककाे टोल फ्री नम्बर १६६००१५०९९९ प्रयाेग गर्न सक्नेछन् ।