Logo

बिहिवार, श्रावण १४ गते २०८३

कपिलवस्तुको विजयनगर गाउँपालिकाले २८० जना छात्रालाई साइकल वितरण

कपिलवस्तुको विजयनगर गाउँपालिकाले २८० जना छात्रालाई साइकल वितरण

जोईन खबर

१६, जेठ २०८०
  • 721
    SHARES
  • कपिलवस्तुको विजयनगर गाउँपालिकाले २८० जना छात्रालाई साइकल वितरण

    १६ जेठ कनठमाडौ । २८० जना छात्रालाई साइकल वितरण  कपिलवस्तुको विजयनगर गाउँपालिकाले गरेको छ। मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छात्राहरूलाई साइकल र शैक्षिक सामग्री वितरण गरिएको हो।

    images

    गाउँपालिकाले शिक्षामा छात्राहरूलाई आकर्षित गर्नका लागि ‘छोरी पढाऊ, छोरी बचाऊ’ अभियान सञ्चालन गरी शिक्षामा जोड दिएको छ। आधारभूत तहपछि छात्राहरूले विद्यालय छोड्ने क्रम रोकिने र उच्च शिक्षा अध्ययनमा टेवा पुग्ने उद्देश्यले ‘छोरी पढाऊ, छोरी बचाऊ’ अभियान चलाएको हो।

    गाउँपालिकाले २८० जना छात्रालाई साइकल र ४३२ जना छात्रालाई शैक्षिक सामग्री दिएको छ। गाउँपालिकाले कक्षा ९ मा अध्ययनरत छात्रा विद्यार्थीलाई साइकल र कक्षा ६ मा अध्ययनरत छात्रा विद्यार्थीलाई शैक्षिक सामग्री दिएको हो।

    प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - २३:१२:५७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको