१८ जेठ काठमाडौ । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र रश्मिका मन्दना अभिनीत फिल्म 'पुष्पा २' को छायांकन भइरहेको छ। फिल्मको छायांकन भइरहँदा 'पुष्पा २' टिम चढेको बस दुर्घटनामा परेको छ। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार हैदवाद-विजयवाडा राजमार्गमा बस दुर्घटना भएको हो।
उक्त राजमार्गमा निर्माण टिम चढेको बस र आरटिसी बस ठोकिएको थियो। दुर्घटनामा दुई जना कलाकार घाइते भएका छन्। टिजर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको कौतुहलता बढेको छ। सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहनेछ।