Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँगको दीर्घकालीन ऊर्जा सम्झौताबाट नेपालले लाभ लिन सक्छ

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँगको दीर्घकालीन ऊर्जा सम्झौताबाट नेपालले लाभ लिन सक्छ

जोईन खबर

१८, जेठ २०८०
  • 757
    SHARES
  • प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  भारतसँगको दीर्घकालीन ऊर्जा सम्झौताबाट नेपालले लाभ लिन सक्छ

     १८ जेठ काठमाडौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँगको दीर्घकालीन ऊर्जा सम्झौताबाट नेपालले लाभ लिन सक्ने बताएका छन् ।

    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने बताउँदै उनले प्रारम्भिक ऊर्जा सम्झौताले नेपाललाई फाइदा पुग्ने बताएका हुन् ।

    प्रारम्भिक समझदारी भएको छ । यो नेपालको हितमा छ । यसलाई हामीले कार्यान्वयनको स्तरमा लैजान सक्नुपर्छ,’उनले भने ।भारतको मन्त्रिपरिषद्बाट छिट्टै नै सम्झौता अनुमोदन गरेर दुई मुलुकबीच आदानप्रदान हुने बताइएको छ ।

    नेपाल-भारत दीर्घकालीन ऊर्जा सम्झौतासम्बन्धी प्रारम्भिक समझदारीबारे दुवै देशका ऊर्जा मन्त्रालयका सचिवबाट हस्ताक्षर भए पनि आदानप्रदान भने भएको छैन । बुधवारसम्म भारत सरकार ऊर्जा सम्झौता गर्ने पक्षमा नरहेकाले सम्झौता पत्र आदानप्रदान हुन नसकेको हो ।

    प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - १६:०९:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको