Logo

बिहिवार, श्रावण १४ गते २०८३

अत्यधिक गर्मी बढेपछि विद्यालयहरू बन्द हुन थाले

अत्यधिक गर्मी बढेपछि विद्यालयहरू बन्द हुन थाले

जोईन खबर

१८, जेठ २०८०
  • 586
    SHARES
  • अत्यधिक गर्मी बढेपछि विद्यालयहरू बन्द हुन थाले

    १८ जेठ काठमाडौ ।अत्यधिक गर्मी बढेपछि विद्यालयहरू बन्द हुन थालेका छन् । गर्मीले बालबालिकालाई स्वास्थ्यमा पर्न सक्ने सम्भावित प्रतिकुल असरलाई मध्यनजर गर्दै मधेस प्रदेशका स्थानीय तहहरूले विद्यालय बन्दको निर्णय गर्न थालेका छन् ।

    images

    धनुषाको जनकपुरधाम उपमहानगरपालिका, सिरहाको लाहान नगरपालिका र सप्तरीको राजविराज नगरपालिकाले सूचना जारी गर्दै गर्मीको कारण केही दिनका लागि विद्यालय बन्द गरेको जनाएका छन् । सप्तरीको राजविराज नगरपालिकाले अत्यधिक गर्मीको कारण पाँच दिनका लागि विद्यालयहरू बन्दको घोषणा गरेको छ।

    भोलि जेठ १९ गतेदेखि २३ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनाले जारी गरेको सूचनामा उल्लेख छ ।तीन दिनयता मधेशमा २८ देखि ४२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। 

    प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - २३:०२:२४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको